
तनहुँ, ७ भदौ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर-२ स्थित ऐना पहरास्थित सडकबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा हालसम्म १४ जनाको मृत्यु भएको छ ।
उद्वार टोलीले १४ जनाको शव फेला परेको हो भने १६ जना यात्रुको उद्धार गरिएको छ। पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको हो ।
गाडीमा सबै भारतीय यात्रु सवार रहेका बताइएको छ । बसमा कम्तिमा ४० जना यात्रु रहेका बताइएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्वार टोलीले उद्वार गरिरहेको छ ।









प्रतिक्रिया