
काठमाडौं, ७ भदौ । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार छापावाल सुनको मूल्य ५ सय रुपैयाँले घटेर तोलामा १ लाख ५१ हजार ४ सय रूपैयाँ कायम भएको हो । बिहीबार सुनको मूल्य तोलामा १ लाख ५१ हजार ९ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा १ हजार ८ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी आज १५ रूपैयाँले घटेर १ हजार ८ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ ।









प्रतिक्रिया