२९ जेष्ठ २०८३, शुक्रबार

कर्जा प्रदान गर्ने नेपालकै पहिलो डिजिटल वालेट बन्यो इसेवा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले देशमा डिजिटल भुक्तानी प्रणालीको थालनीबाट देशमा डिजिटल रूपान्तरण गरी अर्थतन्त्रको मुहार फेरेको कुरा त सबैलाई अवगत नै छ । यसका साथसाथै मानिसहरूको जीवन तथा वित्तीय कारोबार सहज बनाउन इसेवाले समय–समयमा विभिन्न नवीनतम सेवाहरु विस्तार गर्ने कुरा पनि यथावत् नै छ ।

हालै गुगल प्ले स्टोरमा १ करोड भन्दा बढी डाउनलोड हुने पहिलो नेपाली डिजिटल वालेट एप बनेको इसेवा अब प्रयोगकर्ताहरुलाई व्यवसाय वृद्धिको लागि सरल डिजिटल कर्जा प्रदान गर्ने नेपालको पहिलो डिजिटल वालेट पनि भएको छ । अब इसेवाबाट प्रयोगकर्ताहरूले बिना कुनै धितो, कागजी प्रक्रिया वा लामो झन्झटरहित क्षण भरमै रु. २ लाखसम्मको व्यावसायिक कर्जा सजिलै प्राप्त गर्न सक्नेछन् । कुमारी बैंक लिमिडेट र फोनलोनसँगको सहकार्यमा इसेवाले प्रदान गर्ने यस कर्जा सुविधालाई इजी लोन नाम दिइएको छ ।

पहिलो चरणमा इसेवा एजेन्टहरूलाई मात्र उपलब्ध रहेको यो सेवा भविष्यमा चाँडै सम्पूर्ण इसेवा प्रयोगकर्ताहरुलाई उपलब्ध हुने इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले बताएका छन् । इजी लोनको बारेमा थप बोल्दै प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले सबै प्रयोगकर्ता, एजेन्ट तथा मर्चेन्टलाई अहिलेसम्मको साथ सहयोगको लागि धन्यवाद दिदै आगामी दिनहरूमा पनि यस्तै विभिन्न सेवाहरू लिएर आउने कुरामा पनि विश्वस्त पार्नुभयो ।