७ असार २०८३, आइतबार

फेलिक्स चेल्सीमा भित्रिए

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । पोर्चुगलका अट्याकिंग मिडफिल्डर जोआओ फेलिक्स फेरि चेल्सी भित्रिएका छन् ।

चेल्सीले फेलिक्सलाई ला लिगा क्लब एटलेटिको म्याड्रिडबाट किनेको हो । मिडिया रिपोर्टकाअनुसार चेल्सीले फेलिक्सका लागि ५९ मिलियन डलर खर्च गरेको बताइएको छ । चेल्सीले फेलिक्सलाई ६ वर्षका लागि भित्र्याएको जानकारी दिएको छ ।

फेलिक्सले यसअघि २०२२/२३ सिजनमा चेल्सीमा लोनमा एक वर्ष खेलेका थिए ।  त्यसपछि लोनमा नै बार्सिलोनाबाट गत सिजन खेलेका फेलिक्स फेरि चेल्सीमै फर्किएका छन् ।

फेलिक्सले चेल्सी फर्किदा आफ्नो घरमा फर्किए जस्तो अनुभव भएको बताएका छन् ।

२४ वर्षीय फेलिक्स एटलेटिको म्याड्रिडमा प्रशिक्षकसँग विवाद भएपछि दुई सिजन लोनमा चेल्सी र बार्सिलोनाबाट खेलेका थिए ।