
काठमाडौं, ६ भदौ । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
बिहीबार अमेरिकी डलर, युरो, बेलायती पाउण्ड र कतारी रियालको विदेशी विनिमय दर बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५८ पैसा पुगेको छ ।
त्यस्तै, युरो एकको खरिददर १४८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५८ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १७४ रुपैयाँ ६० पैसा र बिक्रीदर १७५ रुपैयाँ ३८ पैसा पुगेको छ ।
कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
















प्रतिक्रिया