
काठमाडौं, ५ भदौ । मुक्तिनाथ विकास बैंक र स्याङ्जाको चापाकोट नगरपालिका-९ स्थित चापाकोट क्याम्पसबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
चापाकोट क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने, व्यवहारिक ज्ञानको लागि इन्टर्नसिप गर्ने र बैंकिङ्ग करियरको लागि अवसर प्रदान गर्ने सम्बन्धमा दुई पक्षबीच आपसी सम्झौता भएको हो । समझदारी पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बैंकका गण्डकी क्षेत्रीय प्रमुख ऋषिराम ढकाल र चापाकोट क्याम्पसको तर्फबाट क्याम्पसका कार्यवाहक प्रमुख पोषराज देवकोटाले हस्ताक्षर गर्नुभएको छ ।
चापाकोट क्याम्पसमा व्यवस्थापन संकायअन्तर्गत स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई इन्टर्नसिप, वित्तीय साक्षरता कार्यक्रमलगायत करियर विकासका कार्यक्रमहरुमा मुक्तिनाथ विकास बैंकले प्रचलित ऐन, नियम तथा नेपाल राष्ट्र बैंकको निर्देशनको अधिनमा रही अवसरहरु प्रदान गर्ने समझदारीको मुख्य उदेश्य रहेको र यो समझ्दारी ५ वर्ष अवधिसम्म कायम रहने मुक्तिनाथ विकास बैंक गण्डकी क्षेत्रिय प्रमुख ऋषिराम ढकालले बताउनुभयो ।
कार्यक्रममा मुक्तिनाथ विकास चापाकोट शाखाका शाखा प्रमुख सुन्दर श्रेष्ठ, कर्जा डेस्कका युवराज श्रेष्ठ, वालिङ शाखाका शाखा प्रमुख नविन काफ्ले, चापाकोट क्याम्पसका पूर्वअध्यक्षहरु हिरण्यलाल आचार्य, भरत पाठक, समितिका पदाधिकारहिरु, प्राज्ञिक व्यत्तित्वहरु सितारम गैह्रे, दुर्गा ढकाल, डोलराज अधिकारी, विन्दु पौड्याल, प्रेमचन्द्र भट्टराई, उपप्राध्यापकहरु, शिक्षक, शिक्षिकाहरु, समज सेवीलगायत वडा नं. ९ का वडा अध्यक्ष कृष्ण सुवेदीलगायत व्यक्तिहरुको उपस्थिती रहेको थियो । चापाकोट क्याम्पसका अध्यक्ष मुकुन्दराज आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।








प्रतिक्रिया