
काठमाडौं, ५ भदौ । अर्थमन्त्री विष्णु पौडेलले युवाहरुका लागि स्टार्ट अप कार्यक्रम सुरु गर्नुपर्ने बताउनु भएको छ ।
बुधबार राजधानीमा आयोजित स्टार्टअप नेसनलाई सम्बोधन गर्दै उहाँले सृजनशील युवाहरुलाई राष्ट्रिय उत्पादनमा प्रयोग गनुपर्ने आजको आवश्यकता भएको बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘सृजनशील युवाहरुलाई राष्ट्रिय उत्पादनमा प्रयोग गनुपर्ने आजको आवश्यकता छ, यसका लागि स्टार्ट अप कार्यक्रम सुरु गर्नुपर्ने देखिएको छ ,राष्ट्र निर्माणको अभियानमा देशभित्रै रोजगारीको अवसर खोज्न सम्पुर्ण युवा युवतीहरुमा हार्दिक अनुरोध गर्न चाहान्छु ।’
साथै उहाँले युवाहरुलाई बीउ विजन उपलब्ध गराउनका लागि एक अर्ब रुपैयाँको फण्ड बनाएर स्टार्टअप गर्ने तयारीमा सरकार रहेको जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘युवाहरुलाई बिउविजन उपलब्ध गराउनका लागि एक अर्ब रुपैयाँको फण्ड बनाएर स्टार्टअप गर्ने तयारीमा छौं ।’












प्रतिक्रिया