
काठमाडौं, ५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्व महामन्त्री डा. मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने भएको छ ।
आज पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठक ढकाललाई अन्तिम मौका दिँदै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । उहाँलाई अनुशासन आयोगले स्पष्टीकरण सोध्ने छ ।
यसअघि केही दिनअघि रास्वपाले ढकाललाई स्पष्टीकरण सोधेको थियो । ढकालले स्पष्टीकरणसहित उल्टै पार्टी सभापतिमाथि आरोप लगाउँदै प्रश्नसमेत गर्नुभएको थियो ।








प्रतिक्रिया