६ असार २०८३, शनिबार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

आज अमेरिकी डलर र कतारी रियालको विदेशी विनिमय दर घट्दा युरो र बेलायती पाउण्ड बढेको छ । अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३८ पैसा पुगेको छ ।

त्यस्तै, युरो एकको खरिददर १४८ रुपैयाँ १९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८५ पैसा रहेको छ ।

त्यसैगरी, बेलायती पाउण्ड एकको खरिहदर १७३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६३ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।