२२ जेष्ठ २०८३, शुक्रबार

महिला टी-२० विश्वकप युएईमा हुने, आयोजक बंगलादेश नै रहने

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । आइसीसी महिला टी-२० विश्वकप, २०२४ युएईमा हुने भएको छ । यसअघि बंगलादेशमा हुने भनिएको महिला टी-२० विश्वकप अब युएईमा हुने भएको आइसीसीले जानकारी दिएको छ ।

अक्टोबर ३ देखि ३० सम्म हुने महिला टी-२० विश्वकप युएईको दुबई र शारजाहमा हुने भएको छ ।

आइसीसीले प्रतियोगिताको आयोजना स्थल मात्र बंगलादेशबाट युएईमा सरेको जानकारी दिँदै आयोजक भने बंगलादेश क्रिकेट बोर्ड नै रहने जानकारी दिएको छ ।

बंगलादेशमा भएको आन्दोलन र नयाँ सरकार गठनपछि जारी गरिएका कैयौं प्रतिबन्धका कारण प्रतियोगिता युएई सारिएको आइसीसीले जनाएको छ ।

यस विश्वकपमा आयोजक बंगलादेशसहित १० देशले भाग लिँदै छन् । जसमा बंगलादेशसहित अस्ट्रेलिया, इङल्याण्ड, भारत, दक्षिण अफ्रिका, न्यूजील्याण्ड, वेस्ट इन्डिज, पाकिस्तान, स्कटल्याण्ड र श्रीलंका रहेका छन् ।