३१ असार २०८३, बुधबार

बंगलादेशकी विपक्षी नेतृ खालिदा जियाको बैक खाता १७ बर्षपछि फुकुवा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौ । बंगलादेशमा विपक्षी नेता तथा पूर्व प्रधानमन्त्री खालिदा जियाको बैंक खातामाथिको प्रतिबन्ध हटाइएको छ । राष्ट्रिय राजस्व बोर्ड ९एनबीआर० ले जियाको बैंक खाता फुकुवा गर्ने निर्णय गरेको छ । उहाँको बैंक खाता १७ वर्षदेखि रोक्का गरिएको थियो ।

एनबीआरको केन्द्रीय गुप्तचर कक्षले अगस्ट २००७ मा खालिदा जियाको खाता रोक्का गर्ने आदेश दिएको थियो । त्यसयता उनको एकाउन्ट ब्लक गरिएको छ ।

पटकपटक खाता खोल्न माग गरिएको भएपनि शेख हसिना सत्ताबाट बाहिरिएपछि यो निर्णय गरिएको हो ।

बंगाली अखबार डेली स्टारका अनुसार एनबीआरले खालिदा जियाविरुद्ध कुनै अनुसन्धान मुद्दा नभएको भन्दै बैंकहरूलाई उनको सबै खाताहरू अनफ्रिज गर्न निर्देशन दिइएको बताएको छ ।

यसअघि हसिना अगस्ट ५ मा देश छोडेपछि खालिदा जेलबाट रिहा हुनु भएको थियो । उहाँलाई सन् २०१८ मा भ्रष्टाचारको मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएको थियो ।