२४ जेष्ठ २०८३, आइतबार

माओवादी र एकीकृत समाजवादीलाई विश्वासमा लिएर संबिधान संशोधन गर्छौं : देउवा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन गर्दा माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई पनि विश्वासमा लिएर गर्ने बताउनु भएको छ ।

मंगलबार काठमाडौंमा आयोजित प्रदीप गिरीको दोस्रो स्मृति दिवसमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सभापति देउवाले बाहिर हल्ला भएजस्तो कसैको दबाबमा आफूहरु नमिलेको स्पष्ट पर्दै माओवादी र एकीकृत समाजवादीलाई साथमा लिएर अगाडि बढ्ने बताउनु भएको हो ।

देउवाले भन्नुभयो,‘ओलीजी र म बीच भएको सहमति सार्वजनिक नै छ, त्यो केही कुरा लुकाउनुपर्ने छैन । सबैसँग सल्लाह गरेर गर्ने कुरा हो । त्यसैले कसैले शंका गर्नुपर्ने छैन । ओलीजीसँग धेरै सोचि विचारी गरेको सहमति हो, दुई पार्टी मिले भइहाल्छ नि भन्थे हामीले अरुलाई पनि समेटेका छौं । अरुको खिलाफमा हुँदै होइन ।’

कार्यक्रममा बोल्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस र एमालेबीच मध्यरात गरेको सम्झौताका कारण आशंका उत्पन्न भएको उल्लेख गर्दै संबिधान संशोधन गर्ने नै भए खुला छलफल गर्न आग्रह गर्नुभएको थियो ।