
काठमाडौं, ४ भदौ । पहिरोले गोठ पुरिँदा अर्घाखाँचीमा एकजनाको मृत्यु भएको छ ।
शितगंगा नगरपालिका-१३, सिमलपानीमा पहिरोले गोठ पुर्दा ३५ वर्षीय बिष्णु थापाको मृत्यु भएको हो । पहिरोले गोठ पुर्न लागेपछि गाईवस्तु निकाल्न गोठमा जानु भएका थापा पुरिनु भएको हो ।
पहिरोले पुरिँदा एउटा पाडो र दुईवटा बाख्राको पनि मृत्यु भएको छ ।








प्रतिक्रिया