१२ श्रावण २०८३, मंगलबार

उत्तर कोरियाका एक सैनिक भागेर दक्षिण कोरिया पुगे

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिओल, ४ भदौ । उत्तर कोरियाका एक सैनिक भाग छोडेर दक्षिण कोरिया पुगेका छन् ।

योनहाप समाचार एजेन्सीले एक अज्ञात सैन्य अधिकृतलाई उद्धृत गर्दै भनेको छ, ‘उत्तर कोरिया छाडेर सीमा पार गरे पछि मंगलबार बिहान उत्तरपूर्वी काउन्टी गोसेओङमा हिरासतमा लिइएको थियो।’ उनलाई भाग्नुको कारणबारे सोधपुछ गरिएको थियो ।

दक्षिण कोरियाली रक्षा अधिकारीलाई उद्धृत गर्दै नाम नखुलेको रिपोर्ट गरिएको छ। अधिकारीले थप विवरण दिन अस्वीकार गरेका छन् । उत्तर कोरियाली बासिन्दाले देशको पश्चिमी तट नजिकैको सीमा पार गरेको करिब दुई हप्ता पछि यो नयाँ घटना सार्बजनिक भएको हो ।

दुई कोरियाबीचको अत्याधिक बलियो सीमा पार गर्नु अत्यन्तै जोखिमपूर्ण र तुलनात्मक रूपमा दुर्लभ घटना मानिन्छ । यसरी भाग्ने उत्तर कोरियाली नागरिक चीन र अन्य तेस्रो मुलुक हुँदै दक्षिण कोरिया जाने गर्छन्।