
काठमाडौं, ४ भदौ । नेपाल राष्ट्र बैंकले आज मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलर, कतारी रियाल, युरो र बेलायती पाउण्डको विनिमय दर घटेको छ । आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९० पैसा र बिक्रीदर १३४ रुपैयाँ ५० पैसा पुगेको छ ।
यस्तै, युरो एकको खरिददर १४७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४३ पैसा रहेको छ ।
यसैगरी, बेलायती पाउण्ड एकको खरिददर १७३ रुपैयाँ ३५ पैसा र बिक्रीदर १७४ रुपैयाँ १३ पैसा पुगेको छ ।
कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।










प्रतिक्रिया