७ असार २०८३, आइतबार

कोशी प्रदेशस्तरीय सडक गुरुयोजना बनाइने

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ३ भदौ । कोशी प्रदेश सरकारले प्रादेशिक सडक सञ्जाल गुरुयोजना बनाएर काम गर्ने तयारी थालेको छ । सडकको पहिचान गरी वर्गीकरण गर्ने र त्यसका आधारमा प्राथमिकीकरण गरेर सडक सञ्जाल बनाउने तयारी सुरु गरिएको हो ।

कोशी प्रदेशमा प्रादेशिक लोकमार्ग, सहायक लोकमार्ग, प्रादेशिक सडक र अन्य सडक गरेर करिब छ हजार किलोमिटरको सडक सञ्जालको गुरुयोजना बनाउने तयारी गरिएको छ ।

भौतिक पूर्वाधार मन्त्रालयद्वारा आइतबार आयोजित कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्पष्ट नीति तथा कार्यक्रमका साथ प्रदेशस्तरीय सडक सञ्जाल बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले संघ र प्रदेश सरकारको आन्तरिक स्रोत खुम्चिँदै गएको अवस्थामा स्रोतलाई समेत मध्यनजर गरेर सडक सञ्जालको गुरुयोजना बनाउनुपर्ने धारणा व्यक्त गर्नुहुँदै योजनालाई  प्राथमिकतामा निर्धारण गरेर मात्र सडक बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसो गर्दा आफ्नै निर्वाचन क्षेत्रमा मात्र सडक बनाउन प्राथमिकता दिने परिपाटीको गुरुयोजनाले अन्त्य गर्छ ।’

भौतिक पूर्वाधार मन्त्रालयका सचिव अशोककुमार साहले अहिले करिब १० हजार किलोमिटर सडक पहिचान गरिएको भए पनि छ हजार किलोमिटर सडकको मात्र प्राथमिकीकरणका आधारमा गुरुयोजना बनाउने तयारी गरिएको जानकारी दिनुभयो ।