२० असार २०८३, शनिबार

सोलुखुम्बुको बाढीमा हराएका व्यक्ति सकुशल फेला

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । सोलुखुम्बुको थामे खोलामा गत शुक्रबार आएको बाढीमा हराएका एक व्यक्ति फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुकाअनुसार ५५ वर्षीय निमानुरु शेर्पा आफ्नै घरमा थुनिएको अवस्थामा भेटिनुभएको हो ।

सुन्न र बोल्न नसक्ने शेर्पा बाढीका कारण घरभित्र थुनिएपछि बाहिर निस्कन वा सहयोग माग्न असमर्थ हुनुभएको थियो । पहिले उहाँलाई घाँस काट्न गएको वा लुगा बोकेर हिँडेको देखिएको भनिएकाले अन्यत्र खोजी गरिएको थियो । तर हिजो उहाँ घरभित्रै सकुशल फेला पर्नुभएको हो ।

यसैबीच, थामे खोलाको बाढीपछि स्थलगत अध्ययन गर्न गएको टोलीले अन्य हिमतालको जोखिमबारे पनि अध्ययन गर्न सुझाव दिएको छ । रक्षामन्त्री मानवीर राई नेतृत्वको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्तृत क्षति विवरण र सम्भावित जोखिमबारे विज्ञ टोलीबाट थप अध्ययन गर्नुपर्ने सुझावसहित प्रतिवेदन बुझाएको छ ।

हिमताल फुट्दा आएको बाढी र पहिरोले १७ घर र एक विद्यालयमा क्षति पुर्‍याएको छ । दिउँसोको समयमा घटना भएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको प्रतिवेदनमा उल्लेख छ ।

यसैबीच, थामे खोलाको बाढीपछि अवरुद्ध भएको मोबाइल सेवा पुनः सञ्चालनमा आएको नेपाल टेलिकमले जानकारी दिएको छ ।