१६ असार २०८३, मंगलबार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंककाअनुसार आज सोमबार अमेरिकी डलर स्थिर हुँदा कतारी रियालको विदेशी विनिमय दर घटेको छ । युरो र बेलायती पाउण्डको विनिमय दर भने बढेको छ ।

त्यस्तै, अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६१ पैसा पुगेको छ ।

त्यसैगरी, युरो एकको खरिददर १४७ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४५ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १७३ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७४ रुपैयाँ २५ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।