
उदयपुर, २ भदौ । नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेस उदयपुरका नेता पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
आज नेकपा माओवादी केन्द्रका उदयपुर जिल्ला सदस्य, त्रियुगा नगर कमिटि सचिव तथा २०७४ मा त्रियुगा नगरपालिका वडा नम्बर १४ बाट निर्वाचित वडा अध्यक्ष कुरुङ राई नेकपा एमालेमा प्रवेश गर्नुभएको हो ।
यस्तै नेपाली कांग्रेसकी क्रियाशील सदस्य तथा २०७९ को निर्वाचनमा त्रियुगा नगरपालिका वडा नम्बर १४ को अध्यक्ष पदमा कांग्रेसबाट वडा अध्यक्षको प्रत्यासी रहनु भएकी गीता थापा पनि एमाले प्रवेश गर्नु भएको छ ।
उहाँहरूलाई एमाले पोलिट्ब्यूरो सदस्य एवम् उदयपुर जिल्ला इञ्चार्ज मञ्जु चौधरीले पार्टीमा स्वागत गर्नुभएको हो । पार्टी प्रवेश कार्यक्रममा बोल्दै पोलिट्ब्यूरो सदस्य चौधरीले अब एमाले उदयपुरलाई पुरानो लाल किल्लाको विरासत फर्काउन कसैले रोक्न नसक्ने बताउनुभयो ।









प्रतिक्रिया