
काठमाडौं, २ भदौ । काठमाडौंको नयाँ बानेश्वरमा फेरि सडक भासिएको छ ।
बानेश्वर चोकबाट शंखमूलतर्फ जाने सडक भासिएको हो । महानगरपालिकाका अनुसार खानेपानीको पाइप लिकेज भएर सुरुङ जस्तो निर्माण भएपछि सडक भासिएको हो ।
भासिएको ठाउँमा सडक भत्काएर निर्माण थालिएको छ । यसअघि केही समयअघि बानेश्वरमै सडक भासिँदा बस नै फसेको थियो ।









प्रतिक्रिया