४ असार २०८३, बिहिबार

सूर्यदर्शन सहकारीका पूर्वसचिव पक्राउ

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वसचिव पक्राउ पर्नुभएको छ ।

सहकारीका पूर्वसचिव अनुज नमर्कीलाई प्रहरीले आज काठमाडौंबाट पक्राउ गरेको हो । उहाँ लामो समयदेखि फरार रहँदै आउनु भएको थियो । दक्षिणकालीबाट पक्राउ गरेर उहाँलाई कास्की पठाइएको छ ।

सूर्य दर्शन सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पनि नाम जोडिएको छ भने मुख्य अभियुक्त जीवी राई फरार रहनु भएको हो ।

राई मलेसियामा रहनु भएको बताइन्छ ।