
काठमाडौं, २ भदौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुसँगको संलग्नतालाई बढाउन गत जेठ र असार महिनामा पार्टनर फर प्रोग्रेस/हजुरको प्रगतिको सहयात्री नामक फेसबुक भिडियो प्रतियोगिताको आयोजना गरेको थियो । व्यक्तिगत वा व्यावसायिक रूपमा प्रगतिमा साथ दिने र जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्याउने व्यक्ति वा संघ संस्थालाई सबै माझ चिनाउने र सम्मान गर्ने उद्देश्यले बैंकले प्रतियोगिताको आयोजना गरेको थियो ।
प्रतियोगिताको समाप्तीसँगै छानिएका उत्कृष्ट तीन विजेतालाई बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकमा आयोजित एक समारोहकाबीच सम्मान स्वरुप चेक हस्तान्तरण गर्नुभएको छ । प्रतियोगितामा उत्कृष्ट हुनुभएकी निकिता गुरुङ, द्वितीय बबिता दुलाल बस्ताकोटी र तृतीय कृशल श्रेष्ठलाई क्रमश नगद पुरस्कार रु ५० हजार, ३० हजार र २० प्रदान गरिएको छ ।
जीवनमा सफलता प्राप्ति गर्न र आफूले चाहेको लक्ष्य हाँसिल गर्न आफ्नो परिवारका सदस्यहरु जस्तै श्रीमतीको लागी श्रीमान र बच्चाहरु, बहिनीको लागी दाजु र छोराको लागि बुवाको भूमिका निकैनै महत्वपूर्ण हुने कुरा उहाँहरुले आ-आफ्नो भिडियोमार्फत दर्शाउनुभएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ्ग इकाइहरुबाट करिब १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।








प्रतिक्रिया