३१ आश्विन २०८३, शनिबार

रिलायन्स स्पिनिङ्गले पायो सीआईबीबाट पनि ‘क्लिन चिट’

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । रिलायन्स स्पिनिङ्ग मिल्सले केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) बाट पनि ’क्लिन चिट’ पाएको छ।

वित्तिय विवरणमा कुनै कैफियत नहरेको भन्दै सीआईबीले पनि रिलायन्स स्पिनिङग्लाई क्लिन चिट दिएको हो । वित्तिय विवरणमा कुनै कैफियत नभएको भन्ने धितोपत्र बोर्डको जवाफमा चित्त बुझाउदै सीआईबिले रिलायन्स स्पिनिङ्गलाई क्लिन चिट दिएको धितोपत्र बोर्ड स्रोतले जनाएको छ।

कम्पनीलाई बुक विल्डिङ्ग प्रणालीबाट आईपीओ जारी गर्न दिएको अनुमति र कम्पनीको वित्तीय रिपोर्ट अनुसार कहीँ कतै कमजोरी नभएको भन्दै धितोपत्र बोर्डले कहिकतै कमजोरी नभएको र कम्पनीमाथि थप अनुसन्धान समेत गर्न आवश्यक नरहेको भन्दै सीआईबीलाई लिखित जवाफ पठाएको थियो ।

अदालतमा परेको उजुरीबारे पनि अदालतले अन्तरिम आदेश नदिएर यसअघि नै रिलायन्स स्पिनिङ्गलाई आईपीओ निष्काशनको बाटो खुला गरिदिएको छ। रिलायन्स स्पिनिङ्ग प्रिमियम मुल्यमा साधारण शेयर निष्काशनको तयारीमा रहेको छ ।