२३ असार २०८३, मंगलबार

सुनको मूल्य अहिलेसम्मकै उच्च

4.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । आज नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

आइतबार सुन तोलामा ३ हजारले बढेर एक लाख ५२ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार सुनको मूल्य तोलाको १ लाख ४९ हजार ६ सय रहेको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला ५० रुपैयाँले बढेर १ हजार ८१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।