
काठमाडौं, २ भदौ । स्पेनिस ला लिगाअन्तर्गत बार्सिलोनाले नयाँ सिजनमा विजयी सुरुवात गरेको छ ।
गएराति सम्पन्न खेलमा बार्सिलोनाले भलेन्सियालाई २-१ गोल अन्तरले पराजित गर्दै नयाँ सिजनमा विजयी सुरुवात गरेको हो ।
बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले दुवै गोल गरेका थिए । १-० ले पछि परेको अवस्थामा बार्सिलोनाले कमब्याक गर्दै जित हासिल गरेको छ । लेवानडोस्कीले खेलको ४५औं र ४९औं मिनेटमा गोल गरेका थिए ।
त्यस्तै, भलेन्सियाका लागि हुगो डुरोले एक गोल गरेका थिए ।
यो जितपछि बार्सिलोनाले महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।








प्रतिक्रिया