
काठमाडौं, २ भदौ । अल हिलालले साउदी सुपर कपको उपाधि जितेको छ ।
गएराति सम्पन्न फाइनल खेलमा अल हिलालले अल नासरलाई ४-१ गोल अन्तरले पराजित गर्दै साउदी सुपर कपको उपाधि जितेको हो ।
पहिलो हाफमा १-० ले पछि रहेको अल हिलालले दोस्रो हाफमा शानदार कम ब्याक गर्दै ४ गोल गरेको थियो । अल हिलालको जितमा अलेक्सान्दर मिट्रोभिकले २ गोल गरेका थिए भने सेर्गेज मिलिन्कोभिक साभिक र माल्कमले एकएक गोल गरेका थिए ।
त्यस्तै, अल नासरका लागि एक गोल क्रिस्टियानो रोनाल्डोले गरेका थिए ।
योसँगै अल हिलालले अहिलेसम्म पाँच पटक साउदी सुपर लिगको उपाधि जितेको छ ।
त्यस्तै, अल नासरले भने यो उपाधि २ पटक जितेको छ ।









प्रतिक्रिया