३१ आश्विन २०८३, शनिबार

मयूरधाप औद्योगिक क्षेत्र चाँडै सञ्चालनमा आउँछ : मन्त्री भण्डारी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १ भदौ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले हेटौंडास्थित प्रस्तावित मयूरधाप औद्योगिक क्षेत्र चाँडै सञ्चालनमा आउने बताउनुभएको छ । शनिबार बिहान औद्योगिक क्षेत्रको अनुगमन गर्दै मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो ।

करिब ६ अर्ब लगानीमा निर्माण हुने औधोगिक क्षेत्रको कामलाई मद्यवर्ती क्षेत्रको कारण समस्यामा परेको कारण निर्माण हुन नसकेको तर अब यस ठाउँमा नै स्थापना हुनेगरी कानुन निर्माण भएको भन्दै अब छिट्टै सञ्चालनमा ल्याउने सरकारको तयारी रहेको उहाँले बताउनुभयो । मयूरधापलाई प्रदेश राजधानीको उद्योग हबको रूपमा विकास गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । मन्त्री भण्डारीले वन मन्त्रालयसँग समन्वय गरी इआइए प्रक्रिया टुंग्याउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

मन्त्री भण्डारीले हेटौंडा सिमेन्ट उद्योग र बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योगको पनि अनुगमन गर्नुभयो । उहाँले हेटौंडा सिमेन्ट देशको गौरवको उद्योग भन्दै यसका समस्या समाधान गरी पूर्ण सञ्चालनमा ल्याउने बताउनुभयो ।