
काठमाडौं, १ साउन । भारतको निर्वाचन आयोगले हरियाणा र जम्मू कश्मीरमा हुने विधान सभा चुनावको मिति घोषणा गरेको छ ।
निर्वाचन आयोगले जम्मू कश्मीरमा सेप्टेम्बर १८, सेप्टेम्बर २५ र अक्टोबर १ मा तीन चरणमा मतदान हुने जनाएको छ।
त्यस्तै, हरियाणामा अक्टोबर १ मा मतदान हुँदैछ । दुवै राज्यको मतगणना अक्टोबर ४ मा हुनेछ ।
मुख्य निर्वाचन आयुक्त राजीव कुमारकाअनुसार यस पटक जम्मू कश्मीरमा ९० विधान सभा सिट हुनेछन् । निर्वाचन आयोगले यसवर्ष जम्मू कश्मीर विधान सभामा ३ सिट बढेको जनाएको छ । पछिल्लो पटक जम्मु कश्मीर विधान सभामा ८७ सिट थिए ।
हरियाणा विधान सभाको कार्यकाल ३ नोभेम्बरमा सकिँदैछ । सर्वोच्च अदालतले सेप्टेम्बर ३० अघि जम्मू कश्मीरमा चुनाव गराउन आदेश दिएको थियो ।








प्रतिक्रिया