
काठमाडौं, ३२ साउन । काठमाडौं महानगरपालिका-३१ बानेश्वरस्थित समाज डेन्टल हस्पिटल प्रालि र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई समाज डेन्टल हस्पिटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
समाज डेण्टल हस्पिटल र प्रभु बैंकबीच ग्राहकहरुलाई लक्षित गरी दन्त स्वास्थ्यमा सहुलियत प्रदान गर्ने सम्झौता भएको छ । प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले क्रमशः १५ प्रतिशत र १० प्रतिशत छुट समाज डेण्टल हस्पिटलका सम्पूर्ण शाखाहरुमा यो सेवा प्राप्त गर्न सक्नेछन् ।
सम्झौतामा समाज डेण्टलका निर्देशक श्रेया पाँडे र प्रभु बैंकका बागमती प्रदेश प्रमुख सुदेशकुमार देवकोटा हस्ताक्षर गर्नुभएको छ ।
त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३”को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटिएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३५ लाख भन्दा बढी ग्राहकहरुलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, बैंक छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।








प्रतिक्रिया