
काठमाडौं, ३२ साउन । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
शुक्रबार बेलायती पाउण्डको विदेशी विनिमय दर बढ्दा यूरो सामान्य अंकमा घटेको छ । अमेरिकी डलर र कतारी रियालको विनियम दर भने स्थिर छ ।
आज अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६२ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिददर १४७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा रहेको छ ।
त्यसैगरी, बेलायती पाउण्ड एकको खरिददर १७२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७३ रुपैयाँ ११ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।










प्रतिक्रिया