२० असार २०८३, शनिबार

नेशनल लाइफको ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स ‘शेपिङ द फ्यूचर’ सम्पन्न

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘शेपिङ द फ्यूचर’भन्ने नाराका साथ चारदिने ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स चितवनमा सम्पन्न गरेको छ ।

कार्यक्रममा कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले गत आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले प्रथम बीमाशुल्कसहित समग्र सूचांकमा कम्पनीले उत्कृष्ट स्थान हासिल गरेको बताउनुभयो । उहाँले कम्पनीले उत्कृष्ट स्थान हासिल गर्न सफल हुनुमा कम्पनीका बीमित, अभिकर्ता, व्यवस्थापन र कर्मचारीहरुको अथक मेहनत, परिश्रम र लगनशीलताको कारणले नै सम्भव भएको भन्नुहुँदै सफलताका लागि योगदान गर्नुहुने सम्पूर्णलाई बधाई ज्ञापन गर्नुभयो । साथै, उहाँले आ.व. २०८०/८१ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पूरा गर्ने शाखाहरुलगायत सबैभन्दा बढी प्रिमियम संकलन गर्ने शाखाहरु र उत्कृष्ट ठहरिएका ५ शाखाहरुलाई सम्मान तथा पुरस्कृत गर्नुभएको थियो ।

जीवन बीमा व्यवसायसँग सम्बन्धित विभिन्न पाटाहरु र जीवन बीमा कम्पनीका चुनौतीहरुको विवेचनागरी आर्थिक वर्ष २०८१/८२ को लागि लक्ष्य निर्धारण गर्ने उदेश्यले आयोजना गरिएको सम्मेलनमा विभागीय प्रमुख तथा देशैभरीबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरु गरी २०० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कम्पनीको व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व र चुनौतीलाई आत्मसाथ गर्दै आपसी समन्वय गरी अगाडि बढेको कारणले नै कम्पनीको उच्च बोनस दरलाई यथावत राख्न सकिएको र प्रथम बीमाशुल्क ५०० करोड भन्दा बढी संकलन गर्न सफल भएको तथा अन्य सबै सूचांकहरुमा पनि सकरात्मक वृद्धि गर्न सम्भव हुनुमा आ-आफ्नो क्षेत्रबाट योगदान दिनुहुने सम्पूर्ण बीमित, अभिकर्ता र कर्मचारीहरु बधाईको पात्र रहेको बताउनुभयो । साथै, आगामी आर्थिक वर्षमा पनि यो सफलतालाई निरन्तरता दिनुपर्ने चुनौती थपिएकोले चुनौती पूरा गर्न यस सम्मेलन लाभदायक रहने विश्वास व्यक्त गर्नुभयो ।

यसैगरी, नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक सविता थापाले सम्पत्ति शुद्धीकरण सम्बन्धमा प्रशिक्षण दिनुहुँदै बीमालाई माध्यम बनाएर विभिन्न बहानामा सम्पत्ति शुद्धीकरण गर्न सक्ने भएकोले यसतर्फ सचेत रहन आग्रह गर्नुहुँदै राष्ट्रिय हितका लागि आतंकवादी वित्तिय लगानी रोक्नु सबैको कर्तव्य भएको बताउनुभयो ।

समारोहमा मोटिभेसनल ट्रेनर सुदिप बस्नेतले सहभागि कर्मचारीहरुलाई तालिम प्रदान गर्नुभएको थियो ।

यसैगरी, आर्ट अफ लिभिङका नेपालका वरिष्ठ प्रशिक्षक अच्यूत गौतम र शैलेन्द्र हमालले सम्पूर्ण कर्मचारीहरुलाई तनाव व्यवस्थापन सम्बन्धमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । उपस्थित कर्मचारीहरुलाई यथेष्ट मनोरञ्जन प्रदान गरिएको सम्मेलनमा प्रदेश स्तरीय फुटबल प्रतियोगितालगायत सांगितिक तथा सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिएको थियो ।