३१ आश्विन २०८३, शनिबार

आइएमईका नवनियुक्त सीईओ दिवाकर पौडेलद्धारा कार्यभार ग्रहण

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । आइएमई लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवाकर पौडेलले कार्यभार सम्हाल्नुभएको छ । आइएमई र जीएमई रेमिट एक भई एकीकृत कारोबार सुरु भएसँगै पौडेलले कार्यभार सम्हाल्नुभएको हो ।

जीएमई रेमिटको स्थापनादेखि नै प्रमुख कार्यकारी अधिकृत रहनुभएका पौडेलको रेमिटेन्स क्षेत्रमा २५ वर्षको अनुभव रहेको छ ।

आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै पौडेलले प्रतिस्पर्धी बजारमा अझै स्तरीय तथा विस्तारित रेमिटेन्स सेवा प्रदान गर्न थप योगदान दिने बताउनुभएको छ ।

यसैगरी, समग्र रेमिटेन्स सेवालाई थप सरल, सहज एवम् थप प्रविधियुक्त बनाउँदै डिजिटल रुपान्तरणलाइ थप तीव्रता दिने पनि प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गर्नुभयो । डिजिटल रेमिटेन्सको अवधारणालाई मुख्य प्राथमिकतामा राखेको र डिजिटल रेमिटेन्स तर्फको रुपान्तरणले आइएमईको सेवालाई थप चुस्त र सुलभ बनाउने पनि पौडेलले उल्लेख गर्नुभयो ।

यसैगरी, रेमिटेन्स कम्पनीहरूको कार्यक्षेत्र विस्तारमा पहल गर्ने तथा रेमिटेन्स रकमलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गरी राष्ट्रिय आम्दानी बढाउँदै रोजगारी सृजनामा योगदानका लागि तत्पर रहेको पनि प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गर्नुभयो । यसअघि बुधबार आइएमई र जीएमई मर्जरपछिको एकीकृत कारोबार सुरु भएको थियो ।