२२ जेष्ठ २०८३, शुक्रबार

ब्रिटिस कलेजले पायो नेपालमै पहिलो पटक ‘ग्रिनिङ एजुकेशन पार्टनर’को मान्यता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गत ‘द ब्रिटिस कलेज’ले नेपालमा पहिलो पटक ‘ग्रिनिङ एजुकेशन पार्टनर’ (हरित शिक्षा साझेदारको) मान्यता प्राप्त गरेको छ ।

संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)को दिगो विकासका लागि शिक्षाअन्तर्गत यस विश्वव्यापी साझेदारीले शिक्षाको माध्यमबाट जलवायु संकटलाई सम्बोधन गर्ने लक्ष्य राख्दै व्यक्तिगत र सामाजिक रूपान्तरण ल्याउनका लागि आवश्यक पाठ्यक्रमको परिवर्तन समर्थन गर्दछ । ब्रिटिस कलेजले प्रदान गर्दै आएको बीबीए शैक्षिक कार्यक्रमअन्तर्गत ‘इनोभेट फर इम्प्याक्ट’ (आईएफआइ) परियोजनामा गरेको उत्कृष्ट कार्यको परिणामस्वरुप कलेजले संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)बाट यो मान्यता पाएको हो ।

हरित शिक्षा प्रवद्धनमा ब्रिटिस कलेजको प्रयास तथा दृढ संकल्पको आधारमा गरिएको मूल्याङ्कन प्रक्रियापछि यस मान्यता प्रदान गरिएको हो । ब्रिटिस कलेज नेपालमा यो मान्यता प्राप्त गर्ने पहिलो विद्यालय भएसँगै आफूलाई वातावरणीय रूपमा सचेत शिक्षणमा अग्रगामीको रूपमा स्थापित गरेको छ । यस मान्यतासँगै ब्रिटिस कलेजले युनेस्कोको बिभिन्न स्रोतहरु जस्तै, ज्ञान प्राप्त गर्ने, बिभिन्न कार्यक्रमहरुमा सहभागिता, परामर्श लगायतका अवसरहरुमा पहुँच प्राप्त गरेको छ ।

त्यसैगरी, कलेजलाई आफ्नो नेटवर्क विस्तार गर्न र संयुक्त राष्ट्र संघको अन्य एजेन्सीहरुसँग सम्बन्ध निर्माण गर्ने ढोका खुलेको छ । कलेजको उपलब्धिपछि प्रतिक्रिया दिँदै बीबीए तथा आईएफआई परियोजनाका प्रमुख सुनिता बस्नेतले भन्नुभयो, “हाम्रो संस्थामा सस्टेनेबिलिटी र ग्रिन एजुकेशनबारे साझा दृष्टिकोण रहेको छ । त्यसैले यो उपलब्धि प्राप्त गर्नमा ब्रिटिस कलेजका सबै विभागका सहकर्मीहरुको भूमिका महत्वपूर्ण रहेको छ । हामी यस महत्वपूर्ण उपलब्धिमा कृतज्ञ छौं । साथै, आगामी दिनमा पनि यस्तो कार्यलाई बढावा दिन हाम्रो कलेज सक्षम रहेको छ ।” ग्रिनिङ एजुकेशन पार्टनरको रुपमा मान्यता पाएको ब्रिटिस कलेज, शिक्षा तथा अन्य संस्थाहरुलाई हरित तथा दिगो शिक्षालाई अग्रभागमा राखेर अघि बढ्न प्रेरित गर्दछ ।