
काठमाडौं, ३१ साउन । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) राष्ट्रियसभामा टेबल भएको छ ।
बिहीबार बसेको बैठकमा प्रतिनिधिसभाले पारित गरेको उक्त विधेयक राष्ट्रियसभाका सचिवडा.सुरेन्द्र अर्यालले प्रतिनिधिसभाबाट प्राप्त सन्देश सहित सभा समक्ष टेबल गर्नुभएको हो ।
राष्ट्रियसभाबाट पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै राजपत्रमा प्रकाशित हुनेछ ।









प्रतिक्रिया