काठमाडौं, ३१ साउन । चिनियाँ टेक जाईन्ट कम्पनी यूएनभीले आफ्नो नयाँ अत्याधुनिक सोरुम सञ्चालनमा ल्याएको छ ।
काठमाडौंको सुन्धारास्थित सीटीसी मलको दोस्रो तलामा भाटभेटनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, रोवोर्ट तथा कम्पनीका साउथ एसिया डिरेक्टर स्टेभन टिएनले संयुक्त रुपमा सोरुमको उद्धघाटन गर्नुभएको हो ।
सोरुममा यूएनभी कम्पनीका नयाँ प्रविधिमा आधारित सर्भिलेन्स सिस्टम, अटोमेटिक डोरलक सिस्टम, फेस रिकगनाईजेसनमा आधारित एटेन्डेन्स सिस्टम (ई–हाजिरी), भिडियो ईन्टरकम सिस्टम, ६५ ईन्च, ७५ ईन्च, ८६ ईन्च र ९८ ईन्चका स्मार्ट ईन्ट्रयाक्टिभ बोर्ड लगायतका डिजिटल सेक्युरिटीका सबै प्रोडक्ट र सर्भिसहरु उपलब्ध हुने यूएनभी स्टोर प्रालिका डिरेक्टर हरिराम रिमालले जानकारी दिनुभयो।
त्यसैगरी, निकट भविष्यमा नै नेपालमा अत्याधुनिक रुचाईएको ईभी कारको चार्जिङ स्टेशनहरुमा सहकार्यको लागी छलफल भइरहेको उहाँको भनाइ छ । कार्यक्रमका प्रमुख अतिथि भाटभटेनी सुपरमार्केटका संचालक गुरुङले आफूहरूले यो टीमसंग विगत १६ बर्षयता डिजिटल सोलुसन लिईरहेको र भविष्यमा अझ नयाँ टेक्नोलोजीहरुमा सहकार्य गर्न ईच्छुक रहेको धारणा राख्नुभयो ।
त्यसैगरी, युएनभी कम्पनीका साउथ एसिया डिरेक्टर स्टेभन टिएनले साउथ एसियामै नेपालीहरु व्यवसायिक रुपमा ईमान्दार र मेहनती रहेको र आफूहरू नेपालमै टेक्नोलोजीको क्षेत्रमा लगानी बढाउन ईच्छुक रहेको बताउनुभयो यूएनभी स्टोरका संस्थापकद्धय हरिराम रिमाल र बद्रिप्रसाद रिमालले उमेरले युवा भएपनि आफूहरुले ५ वर्ष सहकार्य गर्दा व्यवसायिक रुपमा परिपक्वता पाएको धारणा राख्नुभयो ।
शुभारम्भको अवसरमा स्टोरले ओपनिङ डिस्काउण्टको रुपमा प्रायः सवै प्रोडक्टहरुमा २० प्रतिशत डिस्काउण्ट उपलब्ध गराएको र र अर्को सूचना नआएसम्म डिस्काउण्ट कायम रहने डिरेक्टर रिमालले स्पष्ट पार्नुभयो ।
स्टोरको उद्धघाटन सत्रमा ४ सय भन्दा धेरै सहभागीहरुले स्टोरको अवलोकन गरेको र देशभर १ सय ५० भन्दा धेरै डिलरहरुले काम गरिरहेकोले देशैभर यू एन भि का उत्पादनहरु उपलब्ध रहेको साथै स्मार्ट स्टोरहरुलाई विस्तार गर्दै जाने यूएनभी नेपालका सेल्स हेड सार्दक अधिकारीले बताउनुभयो ।










प्रतिक्रिया