२२ जेष्ठ २०८३, शुक्रबार

डब्ल्यूएचओद्वारा एमपक्सलाई विश्वव्यापी स्वास्थ्य सङ्कटको घोषणा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले अफ्रिकाका कतिपय ठाउँमा देखा परेको एमपक्सको प्रकोपलाई विश्वव्यापी जनस्वास्थ्य सङ्कट भनेको छ।

विगतमा मङ्किपक्स भनिने अति सङ्क्रामक उक्त रोगको प्रारम्भिक प्रकोपका कारण प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा कम्तीमा ४५० जनाले ज्यान गुमाएका छन्।

हाल सो रोग मध्य तथा पूर्वी अफ्रिकामा विस्तार भएको छ र वैज्ञानिकहरू यसको एउटा नयाँ भेरिअन्टको सर्ने द्रुत गति र त्यसलाई निम्त्याइरहेको उच्च क्षतिको दरलाई लिएर चिन्तित छन्।

डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले एमपक्स अफ्रिका र त्योभन्दा पर विस्तार हुनसक्ने सम्भावना ‘ज्यादै चिन्ताको विषय भएको’ बताउनुभयो। उहाँले भन्नुभयो, “यो प्रकोपलाई रोक्न र जीवन रक्षा गर्नका लागि एउटा समन्वयकारी अन्तर्राष्ट्रिय प्रतिक्रिया अत्यावश्यक छ।”