२३ जेष्ठ २०८३, शनिबार

जीवन विकास लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । जीवन विकास लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ ।

लघुवित्तले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको कुल ७ लाख ७ हजार ५०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजका मिति (साउन ३१)ले ३५ दिनभित्र आवश्यक कागजातसहित के-कति कित्ता सेयर खरिद गर्न चाहेको हो, संख्यासमेत उल्लेख गरी लघुवित्तको केन्द्रीय कार्यालय कटारी–२ मोरङमा निवदेन दिनुपर्नेछ ।  साथै, ३५ दिनभित्र खरिद निवेदन प्राप्त नभएको सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने प्रक्रिया अघि बढाइने पनि लघुवित्तले जनाएको छ।