
ढाका, ३१ साउन । बंगलादेशका पूर्वउपसभामुख र पूर्वराज्य मन्त्री पक्राउ पर्नुभएको छ । पूर्वउपसभामुख समसुल हक टुकु र पूर्वसूचना प्रविधि राज्यमन्त्री जुनैद अहमद पलकलाई प्रहरीले पक्राउ गरेको हो ।
पल्टन प्रहरी चौकीमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेको आरोपमा प्रहरीले उहाँहरूलाई पक्राउ गरेको बंगलादेशका सञ्चारमाध्यमले जनाएका छन् ।
समाचारअनुसार निकुञ्ज निवासी इलाकाबाट पूर्वउपसभामुख समसुल हक टुकु र पूर्वसूचना प्रविधि राज्यमन्त्री जुनैद अहमद पलकलाई पक्राउ गरेको हो, जसको पुष्टि ढाकाको महानगरीय प्रहरीले बुधबार राति गरेको हो ।
उता, प्रहरीले ढाका विश्वविद्यालयको छातालिग इकाईका महासचिव तनवीर हसन शैकतलाई पनि पक्राउ गरेको छ । खिल्केट प्रहरी चौकीअन्तर्गत निकुञ्ज आवासीय क्षेत्रमा लुकेर बसेको अवस्थामा उहाँलाई पक्राउ गरिएको डीएमपीले जनाएको छ ।
यसअघि मंगलबार पूर्वप्रधानमन्त्री शेख हसिनाका निजी उद्योग मामिलाका सल्लाहकार सलमान एफ रहमान र पूर्वकानूनमन्त्री अनिसुल हकलाई नदीको बाटो भएर भाग्न खोज्दा ढाकाको सदरघाट क्षेत्रबाट तटरक्षक दलका सदस्यहरूले मंगलबार पक्राउ गरिएको थियो ।









प्रतिक्रिया