९ असार २०८३, मंगलबार

भूमि र सहकारी समस्या समाधान गर्न मन्त्रीद्वय देउवा र अधिकारीबीच छलफल

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीबीच भूमि र सहकारी क्षेत्रका समस्याको ठोस समाधानका विभिन्न विकल्पबारे छलफल भएको छ ।

बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा भएको भेटमा आ-आफनो मन्त्रालयमा देखा परेका समस्या समाधानका लागि राजनीतिक तह र मन्त्रालयगत तहमा मिलेर पहल गर्ने दुई मन्त्रीको भेटमा छलफल भएको हो ।

अब बन्ने भूमि आयोग गठन, सहकारी क्षेत्रको समस्या समाधानका लागि अधिकारसम्पन्न नियामक निकाय गठनलगायतको विषयमा छलफल भएको छ ।

मन्त्री अधिकारीको पहलमा राजनीतिक सहमतिका आधारमा अदालतमा दायर भएको मुद्दा फिर्ता लिएर नयाँ आयोग गठनको गृहकार्य सुरु भएको छ । भूमिहीन दलित, भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने गरी नयाँ आयोग गठन गर्न भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयारी गरेको हो ।