
काठमाडौं, ३० साउन । लक्ष्मी सनराइज बैंक लिमिटेडको शतप्रतिशत स्वामित्वमा संस्थापित सनराइज सेक्युरिटिज लिमिटेडले व्यवसायिक सञ्चालन सुरुवात गरेको छ ।
आज एक समारोहकाबीच लक्ष्मी सनराइज बैंक लिमिटेडका अध्यक्ष रमण नेपालले कम्पनीको कारोबार सञ्चालनको औपचारिक शुभारम्भ गर्नुभयो । कार्यक्रममा शुभकामना दिँदै उहाँले कम्पनीले आगामी दिनमा शेयर कारोबारसँग सम्बन्धित सेवा सहज रुपमा दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले व्यवसायिक सेवा प्रदान गर्दै पूँजी परिचालन तथा नेपालको पूँजी बजारको विकासमा आफ्नो तर्फबाट केही योगदान गर्ने कार्य प्रभावकारी रुपमा सनराइज सेक्युरिटिज लिमिटेडले सफलता पाउन सकोस भनी कामना गर्नुभयो । सोही कार्यक्रमका विशेष अतिथि लक्ष्मी सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले लक्ष्मी सनराइज बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा अर्को एउटा संस्था स्थापित भएकोमा खुसी र शुभकामना व्यक्त गर्नुभयो ।
साथै, सनराइज सेक्युरिटिज लिमिटेडका प्रबन्ध सञ्चालक कमल गौतमले कारोबार शुभारम्भ कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्दै संस्थाले धितोपत्र खरिद बिक्री सम्बन्धी सम्पूर्ण सेवाहरु गुणस्तरिय रुपमा एकै ठाँउबाट सरल र सहज रुपमा प्रदान गर्न सकिने जानकारी दिनुभयो ।
गैह्रिधारा–२, काठमाण्डौंमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको अधिकृत तथा चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको छ भने स्टक ब्रोकर नम्बर १०० रहेको छ ।








प्रतिक्रिया