२४ असार २०८३, बुधबार

इसेवा मनी ट्रान्सफरद्वारा ‘रेमिट पर्व’ सार्वजनिक

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । मुलुककै अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनि ट्रान्स्फरले रक्षाबन्धन, बुवाको मुख हेर्ने दिन तथा हरितालिका तीजको अवसरमा ‘रेमिट पर्व’ सुरु गरेको छ ।

‘रेमिट पर्व’ योजना साउन ३०, २०८१ देखि एक महिनासम्म सञ्चालन हुनेछ, जसअन्तर्गत हरेक हप्ता एक भाग्यशाली विजेतालाई रु २५ हजार प्रदान गरिने कम्पनीले जनाएको छ । यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले विदेशबाट आफ्ना प्रियजनहरूको इसेवा वालेटमा प्रति कारोबार न्यूनतम रु १० हजार बराबरको रेमिट पठाउनु पर्नेछ ।

इसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भन्नुभयो, ‘रक्षाबन्धन, बुवाको मुख हेर्ने दिन तथा हरितालिका तीजको विशेष अवसरमा हामीले ‘रेमिट पर्व’ सुरु गरेका छौँ, जसको उद्देश्य परिवारहरूलाई नजिक ल्याई तपाईंहरूको माया अझ गाढा बनाउँदै लैजानु हो ।’

इसेवा मनि ट्रान्स्फरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेट, बैंक तथा वित्तिय संस्था र आफ्ना भुक्तानी केन्द्र मार्फत पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका उद्योगहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।