
काठमाडौं, ३० साउन । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न रिभरसाइड स्प्रिङ्गस रिसोर्ट प्रालिमा विशेष छुटको व्यवस्था गरेको छ ।
सानिमा बैंकको सानिमा भिसा डेबिट/क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग एप (क्यूआर स्क्यान) प्रयोग गरी डिजिटल भुक्तानी गर्दा रिभरसाइड स्प्रिङ्गस रिसोर्टका विभिन्न सेवाहरुमा १० प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा एटिएमहरु सञ्चालनमा रहेका छन् ।









प्रतिक्रिया