
काठमाडौं, ३० साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको शान्ति प्रक्रियामा योगदान पु¥याए बापत राजालाई नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्ने बताउनु भएको छ ।
बुधबार प्रतिनिधिसभा बैठकमा टीआरसी विधेयकमाथिको छलफलका क्रममा उहाँले शान्ति कायम राख्न राजाले सहजै राजगद्दी छाडेको स्मरण गराउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘तपाईंहरुले आज राजालाई सम्झिनुपर्ने थियो । जसले राजगद्दीलाई छोड्न तयार भएर शान्ति प्रक्रियालाई साथ दियो, यति पूर्वाग्रही हुनुहुन्न । शान्तिप्रक्रियालाई निष्कर्षमा पु¥याउने राजाको योगदान छैन ? दलहरुले त राजालाई शान्ति प्रक्रियामा योगदान पु¥याएवापत नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्ने थियो ।’
साथै, उहाँले भ्रष्टाचार र हिंसा जहिले पनि दण्डित हुनुपर्ने धारणा राख्नुभयो । संसदमा प्राप्त गणित मात्रै सत्य नहुने बताउँदै उहाँले बंगलादेशबाट पाठ सिक्नुपर्ने धारणा राख्नुभयो ।







प्रतिक्रिया