२३ जेष्ठ २०८३, शनिबार

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

35.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । नेपाली बजारमा आज बुधबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन तोलामा ३ सय रूपैयाँले घटेको हो ।

मंगलबार प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ३ सय रूपैयाँले घटेर १ लाख ५० हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार ७ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी आज ५ रूपैयाँले घटेर १ हजार ७ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ ।