२० असार २०८३, शनिबार

एमालेलाई सक्रिय, जनमुखी र परिणाममुखी बनाउनुपर्छ : राजन भट्टराई

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ३० साउन । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईले नेताकार्यकर्तालाई पार्टीभित्र प्रभावकारी समन्वय, सक्रियता र जनमुखी कार्यक्रमहरूमा जोड दिन आग्रह गर्नुभएको छ ।

आज बिहान एमाले मकवानपुरले हेटौंडास्थित पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले नेपाली कांग्रेससँगको सहकार्य गर्नुको चार प्रमुख उदेश्य प्रष्ट पार्नुभयो । उहाँले अस्थिरता रोक्न, संविधानको रक्षा गर्न, अर्थतन्त्रमा सुधार ल्याउन र सुशासन कायम गर्न मुलुकका दुई ठूला दल एमाले र कांग्रेसबीच सत्ता सहकार्य भएको बताउनुभयो ।

इन्चार्ज डा. भट्टराईले पार्टीको आन्तरिक सुदृढीकरणका लागि जनप्रतिनिधिहरूलाई समयबद्ध योजना निर्माणमा केन्द्रीत हुन र पार्टीभित्र प्रभावकारी समन्वय कायम गर्न आग्रह गर्नुभयो । उहाँले कार्यकर्ताहरूलाई काम गरेर अगाडि बढ्न प्रोत्साहन दिनुभयो ।

डा. भट्टराईले कार्यकर्ताहरूलाई पार्टी नीतिप्रति दृढ विश्वास राख्न, अवसरहरूको सदुपयोग गर्न, जनतामा प्रभाव पार्ने कार्यहरूमा केन्द्रीत हुन र एकजुटताका साथ काम गर्न निर्देशन दिनुभयो । उहाँले पार्टी संगठनलाई अझ सुदृढ बनाउने, कार्यकर्ताहरूलाई नयाँ उर्जा र दिशानिर्देश प्रदान गर्ने तथा पार्टीलाई अझ सक्रिय, जनमुखी र परिणाममुखी बनाउने संगठनात्मक लक्ष्य रहेको र त्यसअनुसार पार्टी कामलाई अगाडि बढाउन निर्देशन दिनुभएको छ ।