२५ जेष्ठ २०८३, सोमबार

संसदीय विशेष समितिले दुई सहकारीका सञ्चालकसँग बयान लिँदै

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । सहकारी बचतकर्ताको बचत रकम अपचल सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले दुई सहकारीका सञ्चालकसँग बयान लिँदैछ ।

कास्कीको पोखरास्थित जेलमा रहेका सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र स्वर्णलक्ष्मी सहकारीका सञ्चालक भविश्वर अर्यालसँगको बयान लिइरहेको हो । यसका लागि बिहान ८ बजेदेखि बैठक जारी छ । समितिले जेलमा रहेका पाँचजनालाई झिकाएर बयान लिइसकेको छ । थप दुई जनाको बयान लिने क्रम जारी छ ।

समितिले अहिलेसम्म जेलमा रहेकासहित सहकारीको रकम अपचलन मुद्दामा जोडिएका १७ जनाको बयान लिइसकेको छ । सहकारी प्रकरणमा जोडिएका ३० जनासँग बयान लिने बताइएको छ ।