१७ असार २०८३, बुधबार

पहिरोले पृथ्वी राजमार्ग अवरुद्व

5.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

मंगलबार रातिदेखिको वर्षासँगै चितवनको इच्छाकामना गाउँपालिका-३ मौवाखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

यस्तै, इच्छाकामना गाउँपालिका-३ कै चुम्लिङटारमा ढुंगा खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको प्रहरीको भनाइ छ।

पहिरो पन्छाएर राजमार्ग खुलाउने प्रयास जारी रहेको प्रहरीको भनाइ छ।