२५ असार २०८३, बिहिबार

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोदावरी, ३० साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह आज विश्वासको मत लिँदै हुनुहुन्छ । गत असार २० गते कांग्रेस–एमालेको समर्थनमा शाह मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिन भित्रै विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहले आज विश्वासको मत लिन लाग्नुभएको हो ।

कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री हुनुभएका शाहले आफ्नो सरकारमा नागरिक उन्मुक्ति पार्टीलाई पनि सहभागी गराइसक्नुभएको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बहुमत प्राप्त गर्न २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ ।

सत्तारुढ दल कांग्रेसका १८, एमालेका ११ सांसदकै समर्थनमा पनि शाहको विश्वासको मत पुग्छ । नागरिक उन्मुक्ति पार्टीले पनि शाहलाई विश्वासको मत दिने जनाएको छ । नागरिक उन्मुक्ति पार्टीका ७ सांसद सबैले उहाँलाई विश्वासको मत दिए ३६ पुग्नेछ ।