११ असार २०८३, बिहिबार

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलर र कतारी रियालको विदेशी विनिमय दर स्थिर हुँदा बेलायती पाउण्ड र युरोको विदेशी विनिमय दर बढेको छ । अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा पुगेको छ।

त्यस्तै, युरो एकको खरिद दर १४६ रुपैयाँ ४९ पैसा र बिक्री दर १४७ रुपैयाँ १४ पैसा रहेको छ ।

त्यसैगरी, बेलायती पाउण्ड एकको खरिददर १७१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७२ रुपैयाँ २० पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।