
बैतडी, २९ साउन । भीरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु भएको छ ।
सिगास गाउँपालिका–३ तल्ला हल्कासैनीका खेमसिंह धामीकी श्रीमती ३८ वर्षीया भावना धामीको मृत्यु भएको हो ।
मंगलबार दिउँसो घरनजिकैको त्वापोड भन्ने भीरबाट लडेर धामीको मृत्यु भएको प्रहरीले जनाएको छ । बाख्रा चराउन जानुभएको धामीको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको आफन्त दिपेन्द्रसिंह धामीले बताउनुभएको छ ।
मृतक धामीका ३ छोरा छन् ।












प्रतिक्रिया